Amargadhi Post

बुडर जोगबुढा सडक कालोपत्र हुदै

लक्ष्मी ऐर
डडेल्धुरा,असार,१२ गते । डोटीको बुडर देखि डडेल्धुराको जोगबुडा जोड्ने सडक कालोपत्रे गर्नेकाम शुरु भएको छ । जिल्लाकै आधा जनसंख्या रहेको भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालीकाको प्रमुख सडक बुडर–जोगबुडा सडक आज देखि कालोपत्रेको काम सुरु भएको हो ।
सुदुरपश्चिम प्रदेश सरकारको ६८ करोड रुपैयाँ बराबरको लागतमा डोटीको बुडर बजार देखी परशुराम नगरपालीका सदरमुकाम लालढुंगा बजार सम्मको ३० किलोमिटर सडक कालोपत्रे हुन थालेको छ ।
डिविएस्टी प्रविधिमा कालोपत्रे भईरहेको पुर्वाधार विकास कार्यालय डडेल्धुरा प्रमुख रामचन्द्र खत्रीले जानकारी दिनुभएको छ । यो सडकको ५ दशमलव ५० मिटर चौडाईमा कालो पत्रे भईरहेको छ । वर्षा शुरु भइसकेकाले काममा केही समस्या आउँदा अहिले एक चौथाई सडक कालोपत्रे हुने सम्भावना छ । बाँकी सडक मनसुन सकिएपछि सम्पन्न गर्ने कालोपत्रे गर्ने जिम्मेवारी पाएको राजेन्द्र निर्माण सेवाले जनाएको छ ।
भित्रिमधेश क्षेत्रलाई जिल्ला सदरमुकामका साथै देशका अन्य जिल्ला संग जोड्ने प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि भित्रिमधेश क्षेत्रका स्थानिय बाह्रै महिना आवतजावतका लागि सहज हुने भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।