Amargadhi Post

कोभिड बाट प्रभाबित गन्यापधुराका २७ परिवारलाई राहत बितरण

लक्ष्मी ऐर
डडेल्धुरा,असार,१२ गते । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोभिडबाट प्रभाबित २७ परिवारलाई राहत वितरण गरीएको छ । महिला शक्ति विकास केन्द्र नेपाल काठमाण्डौको आर्थिक सहयोग तथा गन्यापधुरा गाँउपालिका वडा नं. २ को समन्वयमा शुक्रवार राहत वितरण गरीएको हो ।
गाउँका महिला समुहका सदस्यलाई चामल, दाल, नुन, गहुँ, साबुन, र चिनी सहितका खाद्य सामग्री वितरण गरीएको महिला शक्ति विकास केन्द्रका क्षेत्रिय संयोजक तारा खातिले जानकारी दिनुभयो । कोरोना भाइरस तथा लकडाउनका कारण समस्यामा परेका महिलाहरुलाइ केहीहदसम्म भएपनि राहत मिलोस भन्ने उदेश्यले राहत वितरण गरीएको संस्थाले बताएको छ । उक्त सामाग्रि वडा अध्यक्ष ईन्द्रवहादुर कार्की, वडा सदस्य हर्कवहादुर देउवा, वडा सचिव र संचारकर्मीद्धारा हस्तान्तरण गरीएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।