अमरगढी रैबार सम्बाददाता
धनगढी,असार,१२ गते । विवाद र मनमुटाउका बीच सुदूरपश्चिम प्रदेश सकार बजेट पास गर्ने भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट आइतबार पास गर्ने तयारी थालिएको हो। प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेश मार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा र्फमहरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै विरोध हुँदै आएको छ।
अर्थमन्त्री शाहको गृह जिल्ला बाजुरा र नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछाममा पूर्वाधारका अधिकांश योजनाको बजेट विनियोजन गरिएको भन्दै मन्त्रीहरुका बिच नै मनमुटाव छ। तर आइतबार दिउँसो २ बजेको प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट पास गर्ने तयारीमा रहेको सुदूरपश्चिमका अर्थ मन्त्री शाहले दिनेशखबरलाई बताए।
उनले भने, “बजेटको बारेमा सदनमा मान्य ज्यूहरुका सुझावहरु, भनाइहरु राख्ने काम जारी छ। सम्भवतः भोलि, प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक राजश्वको अनुमान र व्यय सम्बन्धी जुन प्रस्ताव छ, त्यो पारित हुन्छ होला। केही माननीय ज्यूहरु भोलि पनि सुझाव दिनुहुन्छ, धारणा राख्नु हुन्छ। त्यसपछि अर्थ मन्त्रीको हैसियतले मैले जवाफ दिने होला। सम्बन्धित मन्त्रीहरुले पनि जवाफ दिनु होला।”
प्रतिपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा०ले गैरकानूनी रुपमा बजेट ल्याएको भन्दै विरोध गर्दै आएका छन् भने नेकपा एमालेकै प्रदेश सभा सदस्यहरु व्यक्ति तथा कम्पनीहरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरेको भन्दै विरोधमा छन्। तर प्रदेश सरकारले मनमुटाव र विवादकै बीच आगामी आर्थिक वर्षको बजेट पास गर्ने भएको हो।
वार्षिक विकास कार्यक्रममा प्राविधिक त्रुटिहरु रहेको भन्दै सुदूरपश्चिम सरकारको आलोचना हुँदै आएको छ। अर्थमन्त्री शाहले समेत प्राविधिक रुपमा भएको त्रुटिहरु सच्याउने बताएका छन्। “मान्छेका मागलाई सम्बोधन गर्न सकिएको हुँदैन। विविध कुराहरु रहन्छन् बजेटमा। अनियमितता छ भने हामी अनुगमन गर्छौ। छानबिन गर्छौ। त्यस्ता आयोजनाहरु रोक्छौ भनेकै छौ। प्राविधिक त्रुटि भएका विषय पनि सच्याउछाँै, भनेकै छाँै। गत विगतको बजेट आउने बेला चर्कै हुन्थ्यो। यो हुने गर्छ हाम्रो प्रदेशमा। अन्यमा पनि यस्तै हो। छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसहमतले पारित भएको छ,” उनले भने।
प्रदेश सभामा मिश्रित प्रतिकृया आएका थिए। सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले बजेट राम्रो आएको बताएका थिए। तर नेकपा एमाले ९ओली० समूहका प्रदेश सभा सदस्यहरुले भने चर्को विरोध गर्दै आएका छन्। प्रतिपक्ष दलहरु काँग्रेस र राजपाले समेत विरोध गर्दै आएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्य नेपालु चौधरीले भने, “पास हुन्छ होला, विरोध गरेर केही नहुने। हामी चुप्प लागेर बस्ने हो।”
मन्त्रीहरुबीच मनमुटाव नभएको मन्त्री शाहले बताए। उनले थपे, “पहिला मन्त्रालयहरुलाई सिलिङ दियौँ। अर्थ मन्त्रालयले वैशाखमा सिलिङ पठाएको हो। मुख्यमन्त्री ज्यूले अर्थ मन्त्रालय सम्हाल्नु भएको थियो। पछि जेठको २५र२६ गतेतिर संशोधित बजेटको अनुमान गर्यौँ। सिलिङ दिँदाको र पछिको अवस्था नै भिन्न हुन्छ। खर्चको अवस्था के हुन्छ रु कार्यान्वयन कसरी कसरी हुन्छ रु हाम्रा स्रोतहरुको अवस्था के रहन्छ रु अनुदानको स्थीती के रहन्छ रु आन्तरिक आयको स्थीति के रहन्छ रु यी सबै कुरा हेरेर हामीले संशोधित अनुमान गर्छौँ। आगामी आर्थिक वर्षको बजेट जुन प्रस्तुत गर्यौँ, त्यसमा केही सिलिङ बढाएर पनि मन्त्री ज्यूहरुले कार्यक्रमहरु राख्नु भएको थियो। भौतिकले पनि राख्या थ्यो। सामाजिकले, पर्यटनले, आन्तरिक मामिलाले सबै मन्त्रालयले, कृषि बाहेक सबैले प्रस्तुत गर्नु भएको थियो। सकेसम्म सम्बोधन गर्ने हामीले प्रयास गरेका छौ।” मन्त्रीहरुले बजेटको सिलिङ बढाइ दिनुहोस भन्ने कुरालई मामुटाव मान नहुने अर्थ मन्त्री शाहले बताए।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ।
