अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा, असार १२ । कृषिको प्रचुर सम्भावना रहेको डडेल्धुराको भागेश्वर गाउँपालिकाले कृषि आधुनिकिकरणलाई जोड दिने भएको छ । परम्परागत रुपमा हुदै आईरहेको कृषि पेशाबाट जिविकोपार्जन गर्नका लागि समस्या भएसंगै युवाहरु पलायन हुन थालेपछि गाउँपालिकाले कृषिमा आधुनिकिकरण गर्न थालेको हो ।
कृषि पेशालाई आधुनिकिकरण गरी युवाहरुलाई गाउँमै रोजगार दिने उदेश्यले आागामी आर्थीक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रमा विभिन्न कार्यक्रम समाहित गरिएको छ ।
जिल्लाकै तरकारीका साथै फलफूल उत्पादनका लागि नमुना स्थानिय तहका रुपमा रहेको सो गाउँपालिकामा गाउँपालिका स्तरीय उपज खरिद केन्द्र स्थापना देखी सहकारी मार्फत खरिद गर्ने निति अबलम्वन गरिएको छ ।
यसैगरी स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथमिकतामा राखिएको छ । गाउँपालिकाका पाँचवटै वडाहरुका स्थानिय बासीन्दालाइ सहज र शुलभ स्वास्थ्य सेवाको पहुँचमा ल्याईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै प्रत्येक वडा सदरमुकामसम्म बारै महिना यातायात सञ्चालनका लागि सडकको स्तरोन्नती गरिने समेत उल्लेख गरिएको छ ।
