Amargadhi Post

डडेल्धुरा एमाले जिल्ला भेलाको तयारीमा जुटयो

बिधान संसोधनका सवालमा कार्यकर्ता तहसम्म सुझाब संकलन लिदै

हरेन्द साउद
डडेल्धुरा,साउन २९ गते । नेकपा एमाले डडेल्धुरा यही भदौ ३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । मुलुकको पछिल्लो राजनैतिक अबस्थाको समिक्षा,पार्टि भित्रको अन्र्तबिबाद र पार्टिको बिधान संसोधनका लागी सुझाब संकलन गर्नका लागी भेलाको आयोजना हुन लागेको बताईएको छ ।
नेकपा एमाले डडेल्धुराका अध्यक्ष पकाशबहादुर साँउदको अध्यक्षता र एमाले सुदुरपश्चिम पदेश कमिटि सचिब राजेन्द सिह रावलको पमुख आथित्यतामा शुक्रबार अमरगढी नगरपालिकाका अगुवा कार्यकर्ताहरु संगको छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्तरीय अगुवा कार्यकता भेला हुनु पुर्ब नै जिल्लाका सातवटै स्थानिय तहका कमिटीहरु संग छलफल तथा बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।
अहिलेको राजनैतिक अबस्था,संगठन सुदढीकरण,पार्टिभित्रको बिबाद र केन्दीय पार्टिले अघि सारेको बिधान संसोधन लगायतका महत्वपुर्ण बिषयमा तल्लो तह सम्म छलफल गरेर सुझाब संकलन गर्र्र्ने पार्टिको मुख्य निति र उदेश्य रहेको जनाएको छ ।


एमाले डडेल्धुराले दिएको जानकारी अनुसार श्राबण ३० गते भागेश्वर र गन्यापधुरा गाउपालिका श्रावण ३१ गते आलिताल र परशुराम नगरपालिकामा बृहत कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरिने एमाले डडेल्धुराले जनाएको छ । यसैगरी भदौ १ गते अजयमेरु र नबदुर्गा गाँउपालिकाका अगुवा कार्यकर्ताहरु संग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रमको मिति तय गरिएको जिल्ला अध्यक्ष साँउदले जानकारी दिनुभएको छ ।
जिल्ला भेलामा एमाले सुदुरपश्चिम इन्चार्ज एबम पार्टि स्थायी कमिटि सदश्य लेखराज भटट ,पदेश अध्यक्ष कर्णबहादुर थापा,पदेश सचिब राजेन्द सिह रावल लगायतका पदेश र केन्दीय नेताहरुको उपस्थिती हुने जनाएको छ

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।