Amargadhi Post

देउवाको गृहजिल्लाको क्रियाशील सदस्यता विवादबारे बोले विमलेन्द्र निधि र सेखर कोईराला

अमरगढी समााचार
डडेल्धुरा, भदौ २३ गते गते । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएको विवादप्रति कागेस उपसभापति विमलेन्द्र निधि र केन्दीय सदश्य डा. खेखर कोईरालाले चासो देखाएका छन ।
उनले डडेल्धुरा क्रियाशील सदस्यता विवाद समाधानपछि मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।

बुधबार सभापति देउवालाई पत्र लेख्दै उपसभापति निधिले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोग बिना एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिंनु अनुचित भएको पत्रमा उल्लेख गरेको छ ।

‘यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित हुने र क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु,’ देउवालाई लेखेको पत्रमा निधिले उल्लेख गरेका छन ।
जिल्लाले केन्द्रमा पठाएका क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट नाम हेरफेर भएको भन्दै जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले विरोध जनाएका छन् । उनले जिल्लाले पठाएका नामावली सूचीमा रहेका पाँच सय क्रियाशील सदस्यको नाम हटाइएको र तीन सयको नाम केन्द्रबाट थपिएको आरोप लगाउदै यसको सत्य तथ्य छानबिन नभई अधिबेशन हुन नसक्ने जिकिर गरेका छन । जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेका छन । जिल्ला सभापति मल्ल बिमलेन्द निधीसँग निकट छन ।

कांग्रेस केन्द्रीय सदस्य डा .शेखर कोइरालाले पनि डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गरेर मात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन । उनले केन्द्रबाटै क्रियाशील सदस्यता थपघट हुनुले क्रियाशील सदस्यता छानविन समितिको भूमिकाप्रति नै आशंका समेत गरेको स्पष्ट पारेका छन । सदश्यता बिबादको बिषयलाई लिएर कागेस भित्र हिजो पार्टि कार्यालय हाताभित्र दुई पक्षबिच झडप भएको थियो ।

कागेस सभापति देउवाले जिल्ला सभापतिका लागी उम्मेदवार बनाईएका परशुराम नगरपालिकाका नगर पमुख भीमबहादुर साउद पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षधरका कार्यकर्ता बिच दोहोरो झडप हुदा केहीबेर अबस्था तनाबगस्त बनेको थियो । सुरक्षा निकायको साबधानीबाट झडपमा उत्रिएका दुबै पक्षका नेता कार्यकर्ताहरुमा सामान्य चोटपटक लागेपनि ठुलो क्षती हुनबाट भने जोगिएको छ । दुबै पक्षले हिजो नै पत्रकार सम्मेलन गरि साउद पक्षले जसरी पनि निर्धारित समयमा निर्बाचन हुनुपर्ने भन्दै कागेस जिल्ला सभापतिको निर्देशनमा आफना नेता कार्यकर्तामाथी आक्रमण भएको दाबी गरिएको छ ।

 निर्बाचन समितिले जारी गरेको समयसिमा भित्र निर्बाचन गरिनुपर्छ आफुहरु त्यसको पक्षमा दृढताका साथ लाग्ने बताउदै साउदले चुनाबबाट कसैले पनि भाग्न नहुने बताउनुभयो । उता कागेस सभापति मल्लले भने सदश्यताका बिषयमा ब्यापक धाधली गरिएको छ यसको छानबिन नभई कुनै हालतमा पनि अधिबेशन सम्भब नभएको भन्दै अधिबेशनलाई केही समयका लागी स्थिगित गरिएको छ । सदश्यताको बिबाद समाधान नभएसम्म अधिबेशन गर्ने कसैले सोचेको छ भने त्यसको परिणामको जिम्मा समेत उसले लिनुपर्ने चेतावनी समेत मल्लले दिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।