Amargadhi Post

पदेशको संचार नितिका बिषयमा डडेल्धुराका पत्रकारहरु संग अन्र्तक्रिया कार्यक्रम

लक्ष्मी ऐर
डडेल्धुरा,असोज,१६ गते । सुदुरपश्चिम पदेश सरकारले निर्माण गर्न लागेको संचार नितिका बिषयमा आज डडेल्धुराका संचारकर्मीहरुका बिचमा ब्यापक छलफल गरिएको छ ।
कानुन मन्त्रालयको आर्थिक सहयोग र पत्रकार महासंघ सुदुरपश्चिम समितिको संयोजनमा अब बन्ने संचार निति कस्तो बनाउने भन्ने बिषयमा छलफल गरिएको थियो ।
संचार निति निर्माणका लागी कानुन मन्त्रालयले बरिष्ठ पत्रकार चित्राक थापाको नेतृत्वमा मस्यौदा समिति गठन गरिएको जनाएको छ । मस्यौदा समितिका सदश्य अर्जुन शाहले संचार निति निर्माणका लागी मस्यौदा समितिले काम अघि बढाईरहेको जानकारी दिनुभयो ।
मिडिया क्षेत्रमा देखिएका बिकृतीहरुलाई न्युनिकरण गर्दे लोकतान्त्रिक मुल्य र मान्यता अनुरुपको संचार निति निर्माणका लागी समिति कठिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका डडेल्धुराका निबर्तमान अध्यक्ष मानबहादुर साँउदले संचार निति निर्माणमा ढिलाई भईहेको भन्दै पेशमैत्री निति बनाउन आगह गर्नुभयो । संचार क्षेत्रमा देखिएका समस्यालाई निरुत्साहित गर्न पतिबद्ध रहन आगह गर्दे साँउदले मौफसलका मिडियालाई पोत्साह गर्न बिज्ञापन निति बनाउनुपर्ने,पत्रकारहरुको क्षमता अभिबृद्धीका लागी पशिक्षण तालिमको स्थापना गरिनुपर्ने कुरामा जोड दिनुभएको छ । पत्रकार महासंघ सुदुरपश्चिम अध्यक्ष योगेश रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमदत्त बहुमुखी क्याम्पसका क्याम्पस पमुख तेजबहादुर ऐर,पेश युनियनका पुर्ब अध्यक्ष टेकराज अबस्थी,पत्रकार लोकेन्द ओझा लगायतले सुझाब दिएका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।