Amargadhi Post

देउवाको गृहजिल्लामा केन्दीय नेताहरु भोली आउदै

अब के होला अनसन ?

अमरगढी समाचार
डडेल्धुरा,असोज,१६ गते । नेपाली कांग्रेसका केन्द्रीय शिर्ष नेताहरु पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा आउने भएका छन्। केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे भोलि आइतबार डडेल्धुरामा आयोजना गरिएको जिल्ला भेलालाई सम्बोधन गर्नेछन ।

जिल्लाको पार्टी कार्यालय किशुन जी भवनमा १० दिनदेखि जिल्लाका नेता कार्यकर्ताहरु अनशनमा बसेका छन्। क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरुले रिले अनशन सुरु गरेका हुन्। पार्टी केन्द्रीय सभापति देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै सो अधिवेशन बदर गरी नयाँ मिति तोक्नुपर्ने माग राखेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले उक्त अनशन थालेको हो। सोही अनशनमा एक्यवद्धता जनाउँदै सम्बोधन गर्न केन्द्रीय नेताहरु डडेल्धुरा आइपुग्ने जिल्ला उपसभापति करुणाकर भट्टले जानकारी दिनुभएको छ। ‘हामीले क्रियाशील सदस्यताको विवाद सुल्झाएर पुनः वडा अधिवेशनको माग गर्दै पार्टी सभापति र केन्द्रीय निर्वाचन समिति समक्ष निवेदन दिएर अनशन थालेको थियौं,’ उनले भने, ‘तर उताबाट अहिले सम्म कुनै प्रतिक्रिया आएको छैन। केन्द्रीय सभापति र निर्वाचन समिति बेखबर जस्तै बनेको छ। सोही कारण केन्द्रीय नेताहरु जिल्ला पुग्न लागेका हुन्।’
जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ। यस्तै आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन्। सदश्यता बिबादकै बिचमा गरिएको अधिबेशनलाई मान्य नहुने भन्दै कागेस डडेल्धुराका सभापति मल्ल पक्ष कार्यकताहरु अनसनमा बसेका छन भने अर्का जिल्ला सभापतिका पत्यासी भीमबहादुर साउद पक्षधर भने जिल्ला अधिबेशनको तयारीमा जुटेको छ ।

उता देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन्। उनीहरुले निर्वाचन समितिका प्रतिनिधिले सम्पन्न गरेको वडा तथा पालिका अधिवेशन नै वैधानिक भएको बताइरहेका छन्। अनसनकारी पक्षले भोली डडेल्धुराको बसपार्कमा खुल्ला सभाको आयोजना गरिएको र सोही सभालाई केन्दीय नेताहरुले सम्बोधन गरि अनसन तोडने कार्यक्रम रहेको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।