Amargadhi Post

पार्टि भित्रै निरकुसता जन्मियो ः कोइराला

डडेल्धुरामा ११ दिन देखि अनसन बसेका काँगेसहरुको अनसन तोडियो

लक्ष्मी ऐर
डडेल्धुरा,असोज,१७ गते । नेपाली कांग्रेसका केन्द्रीय शिर्ष नेताहरु पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका छन । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे लगायतका नेताहरु डडेल्धुरा पुगेर ११ दिन देखि अनसनरत कागेसका नेता कार्यकर्ताहरुले गरेको अनसन तोडाएका छन ।
पार्टि सदश्यताको बिषयमा उत्पन्न भएको बिबादले काँगेस जिल्ला कार्यसमितिले सदश्यता छानबिन नगरि वडा अधिबेशन रोकेको थियो भने अर्काेपक्षले चुनाब गराएको थियो ।
बिबादका बिचमा पालिका र वडा अधिबेशन सम्पन्न भनिएको भन्दै कागेसका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अनसन बसेर बिरोध जनाईरहेका बेला कागेसका केन्दीय नेताहरु जिल्ला पुगेर अनसनमा ऐक्यबद्धता जनाउदै मागहरु पुरा गरिनेमा पतिबद्धता जनाएपछि अनसन तोडिएको छ ।


काँगेसका केन्दीय नेता शेखर कोईरालाले पार्टि सभापति शेरबहादुर देउवाले पार्टिभित्रै निरकुसताको बाटो अपनाईरहेको बताउनु भएको छ । सदश्यताका बिषयमा चरम बिबादका बिच जबरजस्ती अधिबेशन गराएको घटनाले पार्टि केन्दीय नेताहरु समेत स्तब्ध भएको कोइरालले बताउनुभएको छ । लोकतान्त्रिक बिधी पद्धतीबाट आन्तरिक चुनाब हुने गर्दछन तर स्वयम देउवा पार्टि सभापति हुन उनकै जिल्लामा यस्तो बिचित्रको नाटक मचन भएको छ यथासिघ छानबिन गरि पुन ः अधिबेशन गरिनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । अनसन तोडेपछि डडेल्धुराको खुल्ला बसपार्कमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दे कागेसका पुर्ब सहमहामन्त्री एबम पुर्ब मन्त्री अजुननरसिह केसीले डडेल्धुरामा सदश्यता बिबादकै बिचमा भएको अधिबेशन अबैध भएको भन्दै पुर्नमुल्याकन गरेर अधिबेशन हुनुपर्र्ने बताउनुभयो ।


कागेसको जिल्ला कमिटिले सदश्यता बिबादको निरुपण नगरि अधिबेशन गरिनुहुदैन भन्दै स्थिगीत गरेका बेला निर्बाचन समितिले सुरक्षाको बलमा एकपक्षिय रुपमा अधिबेशन गरेको हामो ठहर छ नेता केसीले भने आन्तरिक पार्टिको चुनाबमा यस्तो निरकुसता सह्य हुदैन । कार्यक्रममा जिल्लाभरीका नेता कार्यकर्ताहरु सहभागी भएको उक्त भेलामा कागेसका केन्दीय सदश्य गुरु घिमिरे,काँगेसका जिल्ला नेता हरि पशाद भटट,करुणाकर भटट,दानबहादुर पाल,धनबहादुर साँउद,नरबहादुर ठकुराठी लगायतका नेताहरुले बोल्नु भएको थियो जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप अनसनरथ पक्षले लगाएको छ । यस्तै आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला उपसभापति करुणाकर भटटले बताउँदै आएका छन ।

देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन् । उनीहरुले निर्वाचन समितिका प्रतिनिधिले सम्पन्न गरेको वडा तथा पालिका अधिवेशन नै वैधानिक भएको बताइरहेका छन । देउवा पक्षिय नेता कार्यकर्ताहरुले जिल्ला भेलालाई बिथोल्ने पयास गरिएपनि सुरक्षाको कडाई र मल्ल पक्षिय नेताहरुको पतिरोधका कारण असफल भएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।