लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,४ गते । डडेल्धुरामा जुवा खेलीरहेको अबस्थामा गएराती २२ जना जुवाडेहरुलाई पहरीले पक्राउ गरेको छ । बुधबार राति जिल्लाको अमरगढी नगरपालिका वडा नं. ५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
ओझाको घरमा जुवातास खेलिरहेको सुचना पाएपछि जिल्ला पहरी कार्यालय डडेल्धुराबाट गएको पहरी टोलीले छापा मारेर चार जोडी तासको गडडी र ९३ हजार ९ सय ६० रुपैयाँ नगद बरामत गरिएको पहरी नायब उपरिक्षक महेन्द नेपालले जानकारी दिनुभएको छ ।
पक्राउ गरिएका सबै जुवाडेहरुलाई जिल्ला पहरी कार्यालय डडेल्धुरामा राखिएको छ भने पक्राउ परेका जुवाडेहरुको नाम भने पहरीले सार्बजनिक गर्न मानीरहेको छैन । कोजागत पुर्णिमाको अबसर पारेर जुवा खेलीरहेको अबस्थामा पक्राउ परेका उनीहरु मध्ये स्थानिय जनपतिनिधी देखि राजनितिकर्मी र कर्मचारीहरु संलग्न रहेको अनुमान गरिएको छ ।
पक्राउ परेका जुवाडेहरुको नाम किन सार्बजनिक हुन नसकेको भन्ने जिज्ञासामा पहरी अधिकारीले थप अनुसन्धान भईरहेकाले छिटटै सार्बजनिक गरिने बताईएको छ । पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्र्तगत मुद्धा चलाउने तयारी भईरहेको जनाएको छ ।
