Amargadhi Post

डडेल्धुरामा २२ जना जुवाडे बिरुद्ध मुद्धा दर्ता

पक्राउ परेका वडा अध्यक्षलाई छोडेको भन्दै प्रहरीको ब्यापक आलोचना

लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,६ गते । कोजाग्रत पूर्णिमाका दिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका २२ जना जुवाडे बिरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मुद्धा दर्ता गरेको छ ।
नेपाली कांग्रेसबाट अमरगढी नगरपालिका –६ मा निर्वाचित वडा अध्यक्ष गोबिन्दराज भट्टलाई प्रहरीले पक्राउ गरेकै राती बाहिर छोडेको भन्दै स्थानीयले तिब्र बिरोध जनाएपछि आईतबार हिरासतमा लिई मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
वडा अध्यक्ष संगै बुधबार राती प्रहरीले अमरगढी नगरपालिका–८ किर्तीपुर बजार छेउको एक घरबाट २२ जनालाई पक्राउ गरेको थियो । स्थानिय पदम ओझाको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको थियो । वडा अध्यक्ष भट्ट संगै पक्राउ पर्नेमा ईन्द्रबहादुर थापा, गगन सिंह ढाँट, बिक्रम ओझा, घनश्याम गिरी, उमेश भट्ट, भिमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउद, महेश जोशी, ईश्वर भट्ट, बिरबहादुर साँकी, भिम ऐर, लोकराज अवस्थी, नरेन्द्र महरा, राजेन्द्रप्रशाद पाठक, राजेन्द्र ओझा, दान ओली, केशव कुवर र राम खड्का रहेका छन ।
उनिहरुलाई जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान थालिएको प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
वडा अध्यक्ष भट्टका दाईको बार्षिकी भएका कारण बाहिर छोडिएको भएपनि चौतर्फी बिरोध भएपनि उनका नाममा मुद्धा दर्ता भएको र आईतबार सम्म हिरासतमा लिईने प्रहरी निरिक्षक चन्दले बताउनुभयो ।
जुवा खेलीरहेकाहरुको साथबाट प्रहरीले नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ गडडी तास बरामत गरिएको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।