लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक १२ । नेकपा एमाले डडेल्धुराको आज शुक्रबार सम्पन्न भएको ४६ वटा वडा अधिबेशनले नँया नेतृत्व चयन गर्दे सम्पन्न भएको छ ।
जिल्लामा रहेका ५२ वटा वडाहरु मध्ये एक वडामा कार्तिक ६ गते नै अधिबेशन गरि सर्बसम्म नेतृत्व चयन गरिसकेको थियो भने बाँकी रहेका ५१ वटा वडा मध्ये आज शुक्रबार ४५ वटा वडा अधिबेशनले नँया नेतृत्व चयन गरेको एमाले डडेल्धुराले जनाएको छ ।
शुक्रवार सम्पन्न भएका वडा अधिबेशनहरु सर्वसम्मत र मर्यादित ढंगले भएको जनाएको छ । परशुराम नगरपालिकाका १२ वटा वडामा भब्यताका साथ वडा अधिबेशन सम्पन्न भएको छ । यसैगरी आलितालका ६ वटा वडा,अमरगढी नगरपालिकाका ८ वटा वडा,नबदुर्गा गाँउपालिकाका तिनवटा वडा,भागेश्वर गाँउपालिकाका ५ वटा वडा अजयमेरु गाँउपालिकाका ४ वटा वडा र गन्यापधुरा गाउपालिकाका ४ वटा वडा अधिबेशन सम्पन्न भएको एमाले डडेल्धुराले जनाएको छ ।
बाँकि रहेका ६ वटा वडामा १४ गते अधिवेशन गरीने एमाले डडेल्धुराका अध्यक्ष पकाश साँउदले जानकारी दिनुभएको छ । बाँकी रहेका वडाहरुमा अमरगढी नगरपालिकाका ८,९ र ११ नबदुर्गा गाँउपालिकाका ४ र ५ र गन्यापधुरा गाँउपालिकाको वडा नं.२ रहेका छन । देशका अन्य स्थानहरूमा कात्तिक ६ गते वडा अधिवेशन भए पनि डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आज वडा अधिवेशन भएको हो । बाढी र पहिरोले ठूलो क्षति गरेपछि सुदूरपश्चिम प्रदेशमा १२ गते वडा अधिवेशन गर्ने र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको एमाले डडेलधुराका अध्यक्ष साउदले जानकारी दिनुभएको छ ।
