Amargadhi Post

९२ हजार नगदसहित नौ जुवाडे पक्राउ

जगत साउद
धनगढी । कैलालीमा प्रहरीले ९२ हजार नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका ४ स्थित छत्रबहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९२ हजार ६ सय ४० रुपैयाँ सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र बोगटी, खगेन्द्र देवकोटा, हेमन्त रावल, नन्दराम धमला, प्रशान्त धामी, प्रेम भण्डारी, राज अधिकारी, भक्तराज जोशी, टेकराज अधिकारी रहेका छन् ।

जुवातास भइरहेको सूचना पाएर खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।