कुमोद अधिकारी
विराटनगर ,कार्तिक १६ गते । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र कुमार राईले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले नवनियुक्त मुख्यमन्त्री राईलाई सपथ गराउनु भएको हो ।
मुख्यमन्त्री राईको सपथसँगै छ सदस्यीय मन्त्री मण्डल समेत विस्तार भएको छ ।
नवनियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्वाहाम्फे नियुक्त हुनु भएको छ ।
मन्त्रीहरूलाई प्रदेश प्रमुख अधिकारीले र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले सपथ गराउनु भएको हो ।
हिजो मात्रै निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख अधिकारीले आज १ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिनुभएको थियो ।
नेकपा ९एकीकृत समाजवादी० का नेता राईले पाँच दलको समर्थनमा ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा हिजो नै दाबी पेश गर्नु भएको थियो ।
