लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,१६ गते । नेकपा एमाले परशुराम नगर कमिटिको अध्यक्षमा ओमप्रकाश जोशी सर्बसम्मत चयन हुनुभएको छ ।
अधिवेशनबाट अमरगढी नगरपालिकाको नगर कमिटी अध्यक्षमा गणेश कठायत,भागेश्वर गाँउपालिकाको गाँउकमिटी अध्यक्षमा दिपक महता, अजयमेरु गाँउपालिकाको गाँउकमिटी अध्यक्षमा राज बहादुर पाल र आलिताल गाँउपालिकाको गाँउकमिटि अध्यक्षमा अमरबहादुर पुनको नेतृत्वमा सर्बसम्मत कमिटि चयन गर्दे सम्पन्न एमाले डडेल्धुरा जनाएको छ ।
गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाको गाँउ अधिबेशन २÷३ दिन भित्रै आयोजना गरिने नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाशबहादुर साँउदले जानकारी दिनुभएको छ ।

अधिबेशनका लागी भागेश्वर गाँउपालिकाको गाँउ अधिबेशनको उद्धघाटन नेकपा एमालेका केन्द्रीय सदश्य एबम डडेल्धुरा इन्चार्ज राजेन्द्र सिह रावलले गर्नुभएको थियो ।
यसैगरी अजयमेरु गाँउपालिकाको गाउ अधिबेशनको उद्धघाटन एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदश्य गजेन्द्रबहादुर शाहीले गर्नुभएको थियो भने अमरगढी नगरपालिकाको नगर अधिबेशनको उद्धघाटन प्रदेश कमिटि सदश्य एबम सबिधान सभा सदश्य ज्ञानु गैरीले गर्नुभएको थियो ।

यसैगरी परशुराम नगरपालिकाको नगर अधिबेशनको उद्धघाटन एमाले प्रदेश कमिटि सदश्य एबम सुदुरपश्चिम प्रदेशका पुर्ब भौतिक पुर्बाधार तथा यातायात मन्त्री पठानसिह बोहराले गर्नभएको थियो भने आलिताल गाँउपालिकाको गाँउ अधिबेशनको उद्धघाटन एमाले प्रदेश कमिटि सदश्य एबम राष्ट्रिय सभाका माननीय चक्रप्रशाद स्नेहीले गर्नुभएको छ ।

