लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक, २४ गते । सुदुरपश्चिमका आठ जिल्लामा विमानस्थल भएपनि डडेल्धुरा जिल्लामा बिमान स्थल नभएकाले छिटै निर्माण गरिने पर्यटन संस्कृती तथा नागरिक उड्यन मन्त्रि प्रेम आले मगरले बताउनु भएको छ ।
डडेल्धुरामा निर्माणका लागी सर्वे टोली आएको जनाउदै पर्यटन संस्कृती तथा नागरिक उद्यायन मन्त्रि आलेले ईआईए सकिए लगत्तै ठेक्काको लागी बोलपत्र आह्वान गरिने बताउनुभयो ।
नेकपा एकिकृत समाजवादी पार्टीको कार्यकर्ता भेलालाई बुधबार डडेल्धुरामा सम्बोधन गर्दै मन्त्रि आलेले डडेल्धुरामा विमानस्थल बनाई छाड्ने बताउनुभएको छ ।
अजयमेरु गाउँपालिका–१ समैजीको पुईलेकमा अध्ययन थालिएको विमान स्थलको धावन मार्ग १२ सय मिटर सम्मको हुने जनाएको छ ।
डडेल्धुरामा विमानस्थल निर्माण संगै धनगढी विमानस्थललाई क्षेत्रिय स्तरको बनाउन आवश्यक रकम विनियोजन गरिएको समेत मन्त्री आलेले बताउनुभयो ।
