अमरगढी समाचार
डडेल्धुरा,पुस १, गते । प्रदेश अध्यक्ष पदका लागि सहमति हुन नसकेपछि माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन सदस्यहरू मात्रै चयन गर्दै मंगलबार सकिएको छ ।
प्रदेश अध्यक्षमा हालका अध्यक्ष शरदसिंह भण्डारी, सचिव नेपबहादुर चौधरी र राष्ट्रिय सभा सदस्य हरिप्रसाद चौधरी ९उत्सव० र नरेन्द्र कुँवर मुख्य आकांक्षी रहेको माओवादी केन्द्रका नेता एवं प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । ‘२२१ सदस्य चयन भएर शपथ पनि भयो ।
२२३ जना रहने व्यवस्था भए पनि हाल दुई जना रिक्त छ,’ जोशीले भने, ‘अब प्रदेश कमिटी सदस्यहरूकै बैठकबाट अध्यक्षलगायत पदाधिकारी चयन गर्ने योजना छ । सम्मेलन चार दिनसम्म धनगढीमा चलेको थियो । प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितका ९ जना पदाधिकारी चयन हुने व्यवस्था छ ।
