लक्ष्मी ऐर
डडेल्धुरा,पुस ,६ गते । एकिकृत नेकपा माओबादी अजयमेरु पालिका वडा नं.४ का निर्बाचित वडा सदश्य मदन भाट एक कार्यक्रमका बिच आज एमाले प्रबेश गरेका छन ।
स्थानिय निर्बाचनमा अजयमेरु गाँउपालिका वडा नं.४ बाट निर्बाचित वडा सदश्य भाट एमाले पार्टि प्रबेश गरि सकृय राजनितिमा लाग्ने बताउनु भ्एको छ ।

पार्टि प्रबेश गरेका भाटलाई नेकपा एमाले केन्द्रीय सदश्य एबम सुदुरपश्चिम सहइन्चार्ज राजेन्द्र रावल र केन्द्रीय सदश्य एबम डडेल्धुरा इन्चार्ज पठानसिह बोहराले टिका र खादा लगाई प्रबेश गराएका थिए ।
एमाले डडेल्धुराको आज सम्पन्न भएको जिल्ला कमिटिको पुर्ण बैठकमा माओबादी केन्द्रका स्थानिय नेता भाट प्रबेश गरेपछि उनलाई जिम्मेवारी दिईने एमाले डडेल्धुरा अध्यक्ष प्रकाश बहादुर साउदले जानकारी दिनुभएको छ ।
