प्रकाश भाट
डडेल्धुरा,माघ,१८ गते । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका चार महिना देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको छ ।
प्रमुख प्रशासकिय अधिकृत नहुदा कार्यालयका प्रायः सबै काम रोकिएका छन । सरुवा भई गएका प्रमुख प्रशासकिय अधिकृतले सरुवा नमागेको भए पनि उनको सरुवा भएको थियो । उनको स्थानमा अर्को प्रमुख प्रशासकिय अधिकृतलाई अहिले सम्म पठाईएको छैन ।
सामान्य विकास तथा प्रशासन मन्त्रालयले यसमा गम्भिर त्रुटि गरेको नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले बताए । प्रमुख प्रशासकिय अधिकृतले सरुवा मागेका थिएनन् । उनले भने, उनको सरुवा मन्त्रालय आफैले ग¥यो । तर उनको स्थानमा अहिले सम्म अर्को प्रमुख प्रशासकिय अधिकृत नपठाउदा सबै काम रोकिएका छन । कार्तिकको महिना प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि उपाध्याय सरुवा भई गएका थिए । उनि गए पछि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको छ । उनि यस अधि एक पटक सरुवा भई गए पछि साउनमा पुनः यहाँ आई कर्मचारीलाई तलब खुवाएका थिए । कार्तिकमा उनको फेरी सरुवा भएको थियो ।
नगरपालिकाले अहिले सम्म बजेट बाँडफाँड समेत गर्न सकेको छैन । नगरसभा बाट डल्लो बजेट ल्याएको पालिकाले आन्तरिक किचलो र प्रमुख प्रशासकिय अधिकृत नहुदा बजेट बाँडफाँड गर्न सकेको छैन । बजेट बाँडफाँड नहुदा पुँजिगत तर्फका कुनै पनि काम हुन सकेका छैनन् ।
नगरपालिकाका कुनै पनि योजना सञ्चालन हुन नसकेको नगर प्रमुख ओझाले बताए । नगरपालिकाले नगर बस खरिद गरेर राखेको छ । तर कार्यबिधि बनाउन नसक्दा बस दुई महिना यता थन्किएको छ ।
नगरका जेष्ठ, एकला तथा अपाङ्गता भएका नागरिकले सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् । पुस महिनामा पाउने भत्ता नपाउदा यस पालि सरकारले पैसा नदिएको गुनासो उनिहरुले गर्न थालेका छन । प्रमुख प्रशासकिय अधिकृत आउने टुङ्गो भने लाग्न सकेको छैन ।
