अमरगढी समाचार
काठमाडौँ,माघ,१९ गते । नेकपा ९एमाले०ले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको विषयमा छानबिन गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बुधबार भएको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको हो ।
‘राष्ट्रिय सभा चुनावमा किन मत काम आयो भन्ने विषयमा खोजी गर्ने जिम्मेवारी प्रदेशमा कमिटीलाई दिइएको छ । कमजोरी भएको रहेछ भने कारबाहीको विषय पनि होला त्यो पनि प्रदेश कमिटीले नै गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, ‘जुन(जुन स्थानमा समस्या देखा परेको त्यही प्रदेश कमिटीले छानबिन गर्छ ।’
त्यसैगरी, बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘चुनावको मिति घोषणा भएपछि चुनावको तयारी गर्ने नहुन्जेलसम्म अहिलेको दबाबको आन्दोलनलाई निरन्तरता रुपमा जारी रहने छ,’ पाण्डेले भने । बैठकमा इन्चार्जहरुले राष्ट्रिय सभा चुनाव र जिल्ला अधिवेशनहरुको बारेमा रिपोर्टिङ गरेका थिए ।
