Amargadhi Post

डडेल्धुरामा बजार सरसफाई गर्दंे ७२ औं प्रजातन्त्र दिवस मनाईयो

हरेन्द्र साँउद
डडेल्धुरा,फागुन, ७ गते । डडेल्धुरामा ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाईएको छ । १०४ वर्षे निरङ्कुस, जहानिया, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना भएको ७२ औं बर्ष पुरा गरेको उपलक्ष्यमा बजार सरसफाई गरि मनाईएको छ ।
डडेल्धुराको बागबजार क्षेत्र र परशुराम नगरपालिकाको लालढुङगा बजार क्षेत्रमा सरसफाई गरि दिवस मनाईएको अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले जानकारी दिनुभयो ।


दिवसमा स्थानीय तहका कर्मचारी,जनप्रतिनिधी,नेपाल प्रहरी,नेपाली सेना र शशस्त्र प्रहरीको टोलीले सरसफाई गरेर दिवस मनाएको हो । प्रजातन्त्र ल्याउन सहादत भएका सहिदहरुको फोटोमा माल्र्यापण गर्दे दिवसलाई भब्यताका साथ मनाईएको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले जानकारी दिनुभयो ।
डडेल्धुराका सातवटै स्थानीय तहहरुमा बिभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।