Amargadhi Post

डडेल्धुरामा सुविधा सम्पन्न डेण्टल सञ्चालनमा

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन,७ गते । डडेल्धुरा जिल्ला सदरमुकाममा सुविधा सम्पन्न डेण्टल सञ्चालनमा आएको छ । जिल्ला सदरमुकामको बसपार्कमा सुविधा सम्पन्न उग्रतारा डेण्टल सञ्चालनमा आएको हो । शनिवार अमरगढी नगरपालिकाका नगरप्रमुख बिशेश्वरप्रसाद ओझाले एक कार्यक्रमका बिच सो डेण्टलको रिवनकाटी उद्धघाटन गरेका छन ।
डेण्टलले साधारण दन्तको चेकजाँच, मेसिनवाट दाँत भर्ने, कुहिएको, हल्लिएको किराले खाएको, नमिलेको–बिग्रेको दाँत निकाल्ने तथा दन्त स्वास्थ्य परामर्श सेवाहरु उपलब्ध गराईने र २४ सैँ घण्टा सेवा दिने समेत डेण्टलका सञ्चालक शिवराज जोशीले जानकारी दिएका छन ।
उनका अनुसार डेण्टलले बिरामीको सम्पूर्ण दाँत सम्वन्धि सेवाहरु सुपथ मुल्यमा सञ्चालन गर्ने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।