मानबहादुर साँउद
डडेल्धुरा,कार्तिक १६ गते । आसन्न मंसिर ४ गते हुने निर्बाचनमा डडेल्धुरा प्रदेश सभा २ बाट उम्मेदवार बन्नु भएका एमाले डडेल्धुराका नेता गजेन्द्र शाहीले आफ्नो उम्मेदवारी कसैप्रतिको प्रतिसोध र इगोका रुपमा नभई समृद्ध र समुन्नत डडेल्धुरा बनाउनका लागीे उम्मेदवारी रहेको बताउनु भएको छ ।
निर्बाचन बिशेष कार्यक्रम अन्र्तगत आज अमरगढी पोष्ट दैनिक संगको सक्षिप्त कुराकानीमा नेता शाहीले सो कुरा बताउनु भएको हो । २५ बर्षको युबा उमेरमा डडेल्धुरा जिल्लाको जिल्ला सभापतिमा निर्बाचित भएका शाहीले कुसल्ता पुर्बक पाँच बर्ष जनप्रतिनिधीको जिम्मेवारी निर्बाह गरेको बताउँछन ।

डडेल्धुराको समग्र बिकासको मार्गचित्र निर्माण गरि अघि बढेका शाहीले समग्र जिल्लाको सडकको गुरुयोजना र ६ बर्ष रणनितिक योजना निर्माण गरेको बताउछन । जिल्ला सभापति भएर जिल्लाका २० वटै गाबिसको बस्तु स्थिती र भुगोल,बिकासका सम्भाबना,समसया र चुनौती कृर्षि पर्यटन,खानेपानी,सिचाई,शिक्षा र स्वास्थ्यका आधारभुत तहसम्म पुग्ने गरि काम गरेको अनुभब सुनाए ।

समृद्ध र समुन्नत डडेल्धुरा बनाउने मेरो अभियान र सपना तत्कालिन अबस्थामा पुरा हुन सकेन नेता शाहीले भने तत्कालिन नेकपा माओबादीले संचालन गरेको शशस्त्र जनबिद्धोहका कारण बिकास निर्माणका कामहरुमा अबरोध सिर्जना हुन थाले र काम गर्न पाईएन ।
हुन त नेकपा माओबादीका तत्कालिन नेता बाबुराम भटराई नेतृत्वको टोलीले २०५२ साल फागुन १ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रिय माग राखेर ज्ञापनपत्र बुझाएको स्मरण गर्दे नेता शाही भन्छन,तत्कालिन मागहरु केही सम्बोधन हुन सक्ने थिए भने केही माग पुरा गर्न सकिने अबस्था थिएन तर सरकारबाट भरमग्दुर प्रयास गरिएन ख्याल ठटटा झै गरियो ।

माओबादीले शशस्त्र बिद्धोहको घोषणा गर्दे अघि बढ्यो र मुलुक शशस्त्र द्धन्द्धको सिकार भयो । डडेल्धुरामा पनि थुपै सर्बसधारणहरुलाई तत्कालिन माओबादीले आफ्नो पार्टिमा लाग्न उर्दिजारी गयो सहयोग नगर्नेहरुलाई धमाधम जनकारबाहीका नाममा हत्या,लुटपाट र गाँउ निकाला गर्ने अभियानको थालनी भयो भने उता राज्यपक्षबाट पनि माओबादी युद्धलाई प्रतिबन्द्ध गर्दे माओबादीलाई सहयोग गरेको नाममा सर्बसधारण माथी ज्यादतीका घटना सुरु भए नेता शाहीले भने । दुईटैका ज्यादतीका बिरुद्ध हामी लाग्यौ र थुप्रैको ज्यान बचाएका छौं मलाई त्यतिबेलाको झलझल्ती याद आउछ नेता शाहीले भने ।
त्यतिबेलाको म जनप्रतिनिधी हु झण्डै २५ बर्षपछि प्रदेश सभाको क्षेत्र नं.२ मा उम्मेदवारी दिएको छु र चुनाबी प्रचार प्रसारका लागी गा्ँउ छिर्दा स्मरण गराएको छ यो चुनाबले । अहिले मुलुकको यो अबस्था सिर्जना गर्ने दुईटै शक्तिका बिच चुनाबी गठबन्धन भएर जनताका माँझ संगै हिडिरहेको देख्दा अचम्मीत नमान्नुहोला नेता शाहीले भने तत्कालिन माओबादीले शेरबहादुर देउवालाई आफ्ना मागको सुनुवाई नगरेको भन्दै कैलालीको अम्खैयामा गुडीरहेको गाडीमाथी गोली हाने तर संयोगबस बाँचे भने तत्कालिन सरकारको नेतृत्व गरेका देउवाले माओबादीका नेता प्रचण्ड र बाबुरामको टाउको काटेर ल्याउनेलाई ५० लाख पुरुष्कार घोषणा गयो र आज ति दुबै शक्तिहरु घाटी जोडर एकै चुनाब चिन्ह बोकेर भोट माग्दैछन नेता शाहीले भने माओबादीको शशस्त्र बिद्धोह शत्ता र कुर्सिका लागी रहेछ र काँग्रेसको चरित्र शत्ताका लागी जे पनि गर्न तयार हुन्छ भन्ने कुरा प्रमाणित भएको छ यसलाई जनताले बुझ्ने गरि जवाफ दिन सक्नुपर्नेमा उहाँको जोड थियो ।

तिन बर्षजति काम गर्न पाए र त्यतिबेला थुपै सडकको गुरुयोजना निर्माण गरि काम थालनी भयो र शिक्षा,स्वास्थ्य,सिचाई खानेपानी र बिद्युत क्षेत्रमा निकै उपलब्धी मुलक सफल्ता हासिल गरियो नेता शाहीले भने । ग्रामिण लघु जलबित्त कार्यक्रम अन्र्तगत डडेल्धुराको भुगोल र सम्भाबित क्षेत्रको अध्यन गरेर लघुबित्त आयोजनाबाट बिद्युत निकालेर बिजुलीको उपयोग संगै कुटानी र पिसानीको मिल संचालन गरेर जनताले सेवा पाईरहेका छन ति उपलब्धी हुन । सिमित श्रोत साधनको उपयोग गरेर समग्र डडेल्धुराको बिकासको मार्गचित्र कोरेर काम गर्न थालेको थिए तर दुर्भाग्य त्यतिबेलाको शशस्त्र बिद्धोहबाट सिर्जित हिसात्मक आन्दोलनले कतियौको ज्यान लियो भने भएका बिकास निर्माणका काम अबरुद्ध संगैं बनेका संंरचनाहरु समेत ध्वस्त गर्ने काम भए ।

गाँउ बिकास समितिका नया भबन,प्रहरी चौकी,सामुदायिक भबन र बिद्युत र संचारका टावरहरुमा माओबादीले बम हान्दै ध्वस गरेका थुपै उदाहरणहरु छन शाहीले भने डडेल्धुराका ग्रामिण सडकहरु खानेपानी र सिचाईका कामहरु प्रयाप्त मात्रामा भएका तर तिनीहरुलाई थप ब्यस्थित गर्द लैजाने योजना थियो तर तत्कालिन अबस्थामा हिसात्मक जनबिद्धोहका कारण काम गर्न सकिएन नेता शाहीले भने डडेल्धुराको बिकास र समृद्धीका लागी मेरो अनुभब र बुद्धि बिबेक र क्षमताले भ्याए सम्म जनताको सेवा गर्ने र समुन्नत र समृद्ध डडेल्धुरा बनाउने सपना बोकेर उम्मेदवारी दिएको बताउनु भएको छ ।

जनादेशको म्यान्डेटबाट प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएको केपी ल्याएको सुखी नेपाली समृद्ध मुलुक बनाउने सपनालाई पुरा गर्ने मेरो चाहाना छ नेता शाहीले भने तत्कालिन रुपमा पार्टिभित्रका केही कुर्सी मोह राख्ने र बिदेशीको चलखेलमा हिड्नेहरुका कारण झण्डै दुई तिहाईको सरकारलाई हटाएर जनादेश नभएको पार्टिका सभापति शेरबहादुर देउवालाई बोकेर परामेदेशी सरकार निर्माण गर्ने प्रचण्ड र माधब नेपालहरु एक्लाएक्लै चुनाब लड्न नसकेर काँग्रेसको बैसाखी टेकेको घटना सबैको मानसपटलमा छ । डडेल्धुरामा थुपै कृर्षि क्षेत्रका सम्भाबनाहरु छन र जडीबुटीहरु छन तर कृर्षिमा आधारीत साना तथा मझौला खालका उद्योग संचालन गरेर यहाँको बेरोजगारी हटाउने प्रमुख लक्ष्य हुनेछ । शिक्षा ,स्वास्थ्य र उच्च प्राबिधिक शिक्षालयहरुको स्थापना गर्दे समग्र डडेल्धुराबासीको सहज पहुचमा पुयाउने मेरो प्रयास रहने छ शाहीले भने सुदुरका ९ वटै जिल्लामा एयरपोर्टहरु छन तर डडेल्धुरामा छैन संचालनमा ल्याउने गरि अघि बढुने छु ।

डडेल्धुराका सम्भाबित तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरुलाई पर्यटकीय बिकासका रुपमा अघि बढाएर आर्थिक समृद्धीको सम्भाबनाको ढोका खोलीने छ । युबाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरि बिकास निर्माण र सहकारीको माध्यमबाट यहाँको आर्थिक उन्नती र समृद्धीका लागी योजना निर्माण गर्ने गरि अघि बढ्ने लक्ष्य लिएको समेत शाहीले प्रष्टाउनुभयो । डडेल्धुरा जिल्लाले पाँच पटक प्रधानमन्त्री त बनायो तर डडेल्धुराले के पायो के भयो भन्न सकिने अबस्था छ उहाँले प्रश्न गरे ? भएर हुदैन गर्ने आट,योजना र दृढ इच्छाशक्ति चाहिन्छ नेता शाहीले भने । नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटिका सचिबालय सदश्य समेत रहेका जिल्लाका प्रभाबशाली नेता शाहीले आफ्नो बिजय हुनु जनताको बिजयी हो भन्दै मसिर ४ गतेका लागी सौर्हादपुर्ण रुपमा आफ्ना एजेण्डा लिएर भोट मागीरहेका छन ।




