Amargadhi Post

दार्चुलामा ६५ प्रतिशत मतदान

मनोज बडू

दार्चुला — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दार्चुलाको प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत मत खसेको छ । मतदान केन्द्रबाट मतदान कार्यक्रम सम्पन्न भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

कम मतदाता रहेको मतदान केन्द्रबाट कर्मचारीहरू मचुल्का उठाएर मतपेटिका बोकेर मत गणना स्थलतिर आइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक प्रतिनिधिसभा सदस्य निर्वाचित हुने दार्चुलामा दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । ८९ हजार १५४ मतदाता रहेको दार्चुलामा एक सय ४३ मतदान केन्द्र रहेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।