यशोदा अधिकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा नयाँ ढंगले अघि बढेको बताउनुभएको छ ।
निर्मल लामा स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीति जटिल मोडमा पुगेको भए पनि सुशासनका लागि सरकार गम्भीर भएर लागि परिरहने प्रतिबद्धता जनाउनुभयो ।
सरकारले सबै राम्रा काम मात्रै गर्ने चाहेको र राम्राबाहेक अरू काम नगर्ने अठोट लिएर सरकार अघि बढेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले थालेको सुशासन र समृद्धिको यात्रामा इमान्दार क्रान्तिकारी, बुद्धिजीवी र नागरिक समाजको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, वामपन्थी नेताहरू चित्रबहादुर केसी, लीलामणि पोखरेललगायतले बाम आन्दोलनको इतिहासमा निर्मल लामा सधैँ स्मरणीय व्यक्ति भएको चर्चा गर्नुभयो ।
