Amargadhi Post

शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अमरगढी पोष्ट समाचार

डडेल्धुरा,साउन,११ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिकाको पनेबाज(बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा अस्वभाविक रुपमा बढी मुल्यांकन नापी किताबमा चढाइ हस्ताक्षर गरेको अख्तियारको आरोप छ।

?उनीविरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम रु।२६, लाख, २ हजार ५५६ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।