Amargadhi Post

मानसरोवरमा डुबुल्की लगाए पनि प्रचण्डको पाप कट्दैन : केपी ओली

अमरगढी पोष्ट समाचार
धनगढी, असोज २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश र जनताबिरोधी रहेकोले जुनसुकै धार्मिक स्थल पुगे पनि पाप नकटने बताउनु भएको छ ।

एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभएको बताउनु भयो । अध्यक्ष ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री बिदेश भ्रमणमा केन्द्रित भएको तर कुनै उपलब्धी नरहेको बताउनु भयो ।

‘अहिले देशमा सरकार छ कि छैन रु के दुई धाम गरेरमात्रै हुन्छ रु, नतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो । वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको तथ्य पनि उहाँले राख्नुभयो । सरकार देश र जनताको रक्षाभन्दा आफ्नो कुर्सीको रक्षामा लिप्त भएको बताउनु भयो । उहाँले एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झनझन ओरालो लागेको भन्दै थप बिग्रन दिन नहुने बताउनु भयो ।

 उहाँले अहिलेको गठबन्धन बनेपछि मुलुकको अर्थतन्त्र ओरालो लागेको र हिंसा बढेको बताउनु भयो । ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पुर्याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो अवस्थामा पुर्याउन दिनुहुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन एमालेले चाहेको बताउनु भयो । प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने सुझाव पनि उहाँले दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।