Amargadhi Post

के हुदैछ डडेल्धुरामा ः मतदान अधिकृत सहायक तथा अधिकृतका नाम हटाईएपछी कर्मचारीको आपत्ति

हरेन्द्र साउद
डडेल्धुरा, बैशाख २३ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मतदान केन्द्र र स्थलमा खटिने कर्मचारीहरुलाई बिहिबार देखि आवश्यक तालिम दिन शुरु गरिएको छ । कर्मचारीहरुलाई निर्वाचन र मतदान पत्र लगायतका विषयमा दिईन लागेको तालिमका कतिपय अधिकृत र सहायक अधिकृतको नाम हटाईएपछी कर्मचारीहरुले आपत्ति जनाएका छन ।

कतिपयका नाम हटाईएका छन भने कतिपय तल्लो दर्जाका कर्मचारीलाई अधिकृत र माथिल्लो दर्जाकालाई सहायक अधिकृत राखिएको गुनासो कर्मचारीहरुले गरेका छन । तल्लो दर्जाका कर्मचारीलाई अधिकृत र मल्लो दर्जाका कर्मचारीलाई सहायक अधिकृतमा तोकिदा मनोबल घट्ने भन्दै कर्मचारीहरुले सच्याउनु पर्ने बताएका छन ।

भित्रिमधेशको जोगबुडा, आलितालबाट तालिमकालागी जिल्ला सदरमुकाम डडेल्धुरा पुगेपछी नाम हटाईदा कर्मचारीहरुले आपत्ति जनाए । अधिकृत र सहायक अधिकृतलाई जिल्ला सदरमुकाम डडेल्धुराको डडेल्धुरा बहुमूखी क्याम्पसमा आवश्यक तालिम सञ्चालन गरिएको छ ।

बुधबार मात्रै निर्वाचन कार्यालय डडेल्धुराले जानकारी गराई बिहिबार बिहान १० बजे तालिममा सहभागी हुनु पर्ने जानकारी गरिएको थियो । कोही बुधबार बेलुकी अबेर त कोही कर्मचारी बिहानै झिसमिसे उज्यालोमा घर बाट निस्किए । बिहान १० बजे निर्वाचन अधिकृतको मुख्य कार्यालयमा नामावली हेर्दा नाम नै नभेटिए पछी कर्मचारीले आपत्ति जनाएका हुन ।

निर्वाचन कार्यालयले बुधबार खबर गरी बिहान १० बजे डडेल्धुरा पुग्नु भनियो । बिहान ५ बजे नै जोगबुडाबाट हिडे । परशुराम नगरपालिका सुचना प्रबिधि अधिकृत दिपेन्द्र जोशीले भने, यहाँ पुगेर नामावलीमा नाम हेर्दा छैन । अब त्येत्तिकै फर्किनु परेको छ । काम छोडेर हतार हतारमा यहाँ पुगे । तर कुनै जानकारी बिनानै नाम हटाईए पछी नरमाईलो लागेको उनले बताए ।

निर्वाचनमा कहिलै नखटिएकाले जानकारी पाए पछी बिहानै जोगबुडाबाट डडेल्धुरा पुगेको परशुरामकै ईञ्जिनियर देवराज जोशीले भने, यहाँ आएर नाम हटाईएपछी दुःखीत भएका छौ । अस्पतालका कर्मचारीलाई समेत जिल्ला सदरमुकाम बोलाएर नाम हटाईएको जोगबुडा अस्पतालका एक स्वास्थ्यकर्मीले सुनाए ।

स्थायी कर्मचारीको नाम समावेश नगरी करार र अस्थाई कर्मचारीको नाम समावेस गरिएको भन्दै समेत कर्मचारीहरुले आपत्ति जनाएका छन । स्थायी कर्मचारी शिक्षकलाई नसमेटी बालविकास केन्द्रमा बालवालिकालाई अध्यापन गराउनेहरुको नाम समावेश गरिएको भन्दै अमरगढी नगरपालिका –६ को गणेशमान प्राबिका शिक्षक टेकराज भट्टले आपत्ति जनाए ।

प्राबिधिक कारणले नाम हटाईएको मुख्य निर्वाचन अधिकृत हरिप्रशाद शर्मा उपाध्यायले बताए । तर के–कस्तो प्राबिधिक कारण हो भन्ने बारे भने खुलाएनन । सहायक अधिकृत पुष्पराज जोशीले बुधबारसम्म नामावली अध्यावधिक हुन नसकेकाले बिहिबार बिहान नाम हटाईएको बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।