Amargadhi Post

अमरगढीमा २ मेयर र १ उपमेयरका गरी १६ जनाले फिर्ता लिए उम्मेदवारी सूचीसहित

लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,१७ गते । डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। दुई नगरप्रमुख र एक उपप्रमुखका गरी कूल १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
स्वतन्त्रबाट मेयरका उम्मेदवारी दानबहादुर पाल र ललितबहादुर तमोलीले आफ्नो मनोनयन फिर्ता लिएका छन्। यसका साथै सरस्वती अवस्थी ९स्वतन्त्र०ले पनि उपमेयरको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतिको कार्यालय, डडेल्धुराले जनाएको छ।
वडा नम्बर १ का अध्यक्षका उम्मेदवार सुरत तमोली ९स्वतन्त्र०ले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै, जनता समाजवादी पार्टी नेपालबाट अमरगढी–५ का उम्मेदार श्यम सिनाल र वडा नम्बर ६ की वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकारले आफ्नो मनोनयन फिर्ता लिएको जनाइएको छ। नेकपा एमालेबाट वडा नम्बर १० का अध्यक्षका उम्मेदवार विष्णुराज भट्टले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।