प्रधानमन्त्री देउवाको गृह जिल्लामा चुनाब लड्न आए सागर ढकाल
प्रदेश र संघिय चुनाब रोमाञ्चक बन्ने निश्चित
मानबहादुर साउद
डडेल्धुरा,साउन,११ गते । प्रधानमन्त्री एबम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा यो पटक हुने सघिय र प्रदेशको निर्बाचन निकै रोमाञ्चक बन्ने अनुमान गरिएको छ ।
काँग्रेस डडेल्धुरा भित्र ठुलो बिद्धोह गरेर नेपाली काँग्रेस बिपि समाजबाद पार्टि गठन भईसकेको छ भने गुल्मीका एक युबा देउवाको बिरुद्धमा उम्मेदवारी दिने भन्दै डडेल्धुरा आईपुगेका छन ।

झण्डै ३१ बर्ष देखि डडेल्धुरा जिल्लाबाट सघिय सांसद भईरहनु भएका र पाँच पटक प्रधानमन्त्री समेत भईसक्नु भएका देउवालाई यो पटक डडेल्धुराबाट निर्बाचन लड्न सहज नभएको जानकारहरु बताउछन ।
काग्रेस भित्रको प्रतिष्पर्धीे शक्ति नेकपा एमाले र नेकपा माओबादी केन्द्रका साथै काग्रेस बिपि समाजबाद र गुल्मीका लोकप्रिय युबा सागर ढकालले समेत डडेल्धुराबाट चुनाब लड्ने भनेपछि देउवाका लागी चुनाब महगो साबित हुने बताईएको छ । नेपाली काग्रेस डडेल्धुराको दुई पटक जिल्ला सभापतिको नेतृत्व गरेका सुदुरपश्चिम प्रदेशको डडेल्धुराबाट प्रत्यक्ष निर्बाचित प्रदेश सासंद कर्णबहादुर मल्लले पनि सघिय चुनाब लड्ने घोषणा गरिसकेका छन ।

उनी काग्रेस र डडेल्धुरा जनताका बिच लोकप्रिय नेताका रुपमा आफ्नो छबि बनाईसक्नु भएको छ ।
एमाले डडेल्धुराका अध्यक्ष प्रकाश बहादुर साउदले पनि २०४८ साल देखि निरन्तर डडेल्धुराको जनप्रतिनिधी भएका र देशको पाच पटक प्रधानमन्त्रीको बागडोर समालेका देउवाले डडेल्धुराका लागी के गर्नुभयो ? उहाँलाई पटक पटक यस जिल्लाले जिताउनुपर्र्ने कारण के हो किन जिताउने ? के गनर््भयो भन्दै जनतासंग आग्रह गर्ने बताईसक्नु भएको छ ।
यो पटक देउवालाई बिदाई गर्नुपर्छ उहाँले भन्नुभयो । डडेल्धुरामा के बिकास गर्नुभयो यो जनतालाई बुझाउन नसक्नु नै कमजोरी भएको स्विकार गर्दै साँउदले भने राज्यशक्तिको चरम दुरुपयोग गरि चुनाब जित्नु भएको हो यो पटक प्रतिरोध गर्दे चुनाब हराएर पठाउने तयारीमा एमाले लागीसकेको बताउनुभयो ।

अन्य बेला जसरी सहज रुपमा देउवा चुनाब जित्ने गर्दथे यो पटक सहज छैन जानकारहरु बताउछन । देउवा बिरोधी शक्तिहरु एकजुट भएर चुनाब लड्न सकिने अबस्था समेत सृजना हुन सक्ने आकलन समेत गरिएको छ । तर त्यसो नभएपनि देउवालाई चुनाब जित्न कुनै हालतमा पनि सहज नभएको गृहमन्त्रालयको रिपोर्ट समेत सार्बजनिक भईसकेको छ ।
