Amargadhi Post

भ्रष्ट्राचारको समुल नष्ट नहुदाँ सम्म मुलुक बन्दैन ः पुर्ब गृहमन्त्री लामीछाने

लक्ष्मी ऐर
डडेल्धुरा,असार २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापती एबम पुर्ब गृहमन्त्री रबी लामीछानेले मुलुकमा भ्रष्टाचार मौलाउदै गएकाले यसको समुल नष्ट नहँुदा सम्म मुलुक नबन्ने बताउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुराद्धारा आज डडेल्धुराको बसपार्कमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुदै लामीछानेले मुलुकमा ब्याप्त भ्रष्ट्राचारको समुल नष्ट नहँुदा सम्म मुलक बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
भ्रष्ट्राचारले मुलुक आक्रान्त बनेको छ यसको अन्त्य नहुदाँ सम्म मुलुक बन्नेवाला छैन नेता लामीछानीले भने — भ्रष्ट्राचारमा जो सुकै संलग्न हुन,उसमाथी छानबिन गरि कारबाही गर्नबाट सरकार पछि हट्न नहुनेमा जोड दिनुभयो । सरकारले भ्रष्टाचारका फायलहरु एकपछि अर्काै खोल्दै छ तर बास्तबिक भ्रष्टाचारी सम्म पुग्न डराएको हो की भन्ने अनुभुत हुन थालेको छ खुट्टा नकमाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।
मुलुकको आथिक समृद्धीको बाधक भ्रष्टाचार भएको भन्दै पुर्ब उपप्रधान तथा गृहमन्त्री लामीछानेले भ्रष्टाचारको नत रग हुन्छ नत जात हुन्छ नत अनुहार हेर्न सकिन्छ जो सुकै ब्यक्तिमाथी आरोप लागेपछि सरकारले छानबिन गरि दोशी ठहरिएमा कानुनको कठघरमा उभ्याउन सक्नुपर्ने जोड दिनुभयो ।


पाँच पटक प्रधानमन्त्री भएको भाग्यमानी जिल्ला डडेल्धुरामा आईपुगेको छु रास्वपाका केन्द्रीय सभापति समेत रहनु भएका लामीछानेले भने यो मुलुक बनाउने जिम्मा एक पटक युबालाई दिएर हेर्नुहोस कसरी बन्ने रहेछ प्रमाणित गरेर देखाईदिने आश्वासन दिनुभयो ।
पत्रकारीता क्षेत्रबाट मुलुकको बागडोर सम्हाल्न नसकिने भएकाले प्रत्यक्ष राजनितिमा होमिएको छु उहाँले भन्नुभयो — यो देश बनाउन राम्रो मान्छेको खाँचो छ त्यस्ता मान्छेलाई ०८४ को चुनाबमा जिताएर पठाईदिनुहोस अनि बन्ने छ देश । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको प्रतिपक्षमा छ राम्रो कामको प्रशंसा गर्ने र नराम्रो कामको डटेर बिरोध गर्ने हाम्रो लक्ष्य हो नेता लामीछानेले भने संसद र सडकबाट एकसाथ बिरोधमा उत्रिने छौं र मुलुकको भाग्य र भबिश्य निर्माणका लागी ठोस योजनाका साथ अघि बढ्न बताउनुभयो ।
नारी टेलिभिजनको पहिलो एपिसोड सुदुरपश्चिमको दुर्गम जिल्ला बाजुराबाट उद्घाटन गरेर डडेल्धुरा आईपुग्नु भएका केन्द्रीय सभापति लामीछानेले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका नेता कार्यकताहरु संग भेटघाट गर्दे संगठन निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।