Amargadhi Post

बिप्लब माओबादीका जिल्ला सदश्य पक्राउ

अमरगढी,असोज,१ गते । नेकपा माओबादी .(बिप्लब) समुहका डडेल्धुरा जिल्ला कमिटि सदश्य खेम बोहरा पक्राउ परेका छन ।
डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखराबजारमा हिड्दै गरेको अबस्थामा प्रहरीको गस्ती टोलीले आज बिहान पक्राउ गरि हिरासतमा लिएको छ ।
सरकारले प्रतिबन्द गरेको पार्टिको जिल्ला कमिटि सदश्य रहेका बोहराबाट पार्टीका बिभिन्न पर्चा पम्पलेट सहत महत्वपुर्ण कागजात सहित पक्राउ भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
पक्राउ भएका बोहरालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारले बिप्लब माओबादीलाई प्रतिबन्ध लगाएपछि अहिले सम्म डडेल्धुरा जिल्लामा १० जना बिप्लब माओबादी नेता कार्यकर्ताहरुलाई मुद्धा लगाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।